समाचार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रवन्धकमा तिवारी नियुक्त
०
काठमाडौं फागुन १९-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रवन्धकमा प्रतापबाबु तिवारीलाई जिम्मेवारी दिइएको छ। तत्कालीन महाप्रवन्धक प्रेमनाथ ठाकुर घुस मागेको अभियोगमा निलम्बनमा परेपछि यो पद खाली थियो ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार काठमाडौं विमानस्थलको प्रमुखको जिम्मेवारी तिवारीलाई दिइएको हो । विमानस्थलमा प्रमुखको जिम्मेवारी सम्हालिसकेका उनी हाल नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानको प्रमुख थिए । यहाँ देव चन्द्रलाल कर्णलाई पठाइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>