शिक्षा

अब विद्यार्थी आफैंले एनओसी प्रिन्ट गरेर लिन सक्ने

Banner

काठमाडौं, फागुन १८ – 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाले विद्यार्थी आफैले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) प्रिन्ट गर्न सक्ने व्यवस्था गरेको छ ।

शाखा प्रमुख वासदेव वस्तीका अनुसार अबको केही हप्तापछि एनओसी लिन कार्यालय धाइरहनुपर्दैन । अनलाइनमार्फत विद्यार्थीले दिएको आवेदन शाखाले प्रमाणि गरेपछि आफैंले प्रिन्ट गर्न सक्निे व्यवस्था गर्ने उनले जानकारी दिए ।

‘यो साता प्राविधिक काम सकेर अर्को हप्ता परीक्षण गर्ने र परीक्षणमा देखिएको प्राविधिक समस्या समाधान गरेर पूर्ण रुपमा अनलाईन बनाउँछौं’ शाखा प्रमुख वस्तीले भने ।

यदि विद्यार्थीको आवेदन अनलाइनमार्फत प्रमाणित नभएमा भौतिक रुपमा शाखामा उपस्थित भएर प्रमाणित गर्नुपर्छ । यसरी प्रमाणि भए पनि जारी भने अनलाइनबाटै हुन्छ र आफंैंले प्रिन्ट गर्न सकिनेछ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>