चितवन विशेष

चितवनमा अपाङ्गता भएका नागरिकको शैक्षिक अधिकार सुनिश्चित गर्नेबारे छलफल

Banner

चितवन, फागुन १८-

भरतपुरमा अपाङ्गता भएका व्यक्तिको शैक्षिक अधिकार कार्यान्वयनका लागि नगर शिक्षा नीतिमा समावेश गरिने नीतिगत मस्यौदा उपर छलफल भएको छ ।

अपाङ्ग समाज चितवनको आयोजना तथा अटिजम केयर चितवन सोसाइटीको प्राविधिक सहयोगमा भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा कृयाशिल अपाङ्गता भएका व्यक्तिका संघसंस्थाहरुबीच आज छलफल भएको हो ।

छलफलमा अपाङ्ग समाज चितवनले समावेशी शिक्षा कार्यान्वयनका लागि बनेको जिल्लागत योजनामा गरेका प्रगतिहरु र अटिजम केयर चितवन सोसाइटी तथा राष्ट्रिय बहिरा महासंघले सञ्चालन गरेको समावेशी शिक्षा परियोजना अन्तर्गतका योजनामा प्रगतिको विषयमा सहभागीहरुलाई जानकारी गराइएको थियो ।

आपसी अन्तरक्रियाले चितवन जिल्लामा कृयाशिल अपाङ्गता भएका व्यक्तिहरुको शिक्षाको अधिकार सुनिश्चित गर्नका लागि नगर शिक्षा समितिमा पहल गर्ने निर्णय गरेको छ । त्यस्तै संघसंस्थाको बैठकले पालिकास्तरमा समावेशी शिक्षाको व्यवस्थाको लागि आवश्यक जनशक्ति निर्माण तथा तालिमको माग गर्नका लागि आवश्यक पहल लिने निर्णय पनि गरेको छ ।

छलफलमा अपाङ्गता उत्थान जिल्ला समन्वय समितिका संयोजक तथा बौद्धिक अपाङ्गताको अभिभावक संघका अध्यक्ष निर्मलकुमार श्रेष्ठ, चितवन बहिरा संघको कार्यसमिति सदस्य जीवन रानाभाट, दोभाषे सीता सापकोटा, चितवन नेत्रहिन संघका कोषाध्यक्ष दिपक खनाल, सुषुम्ना नाडी घाइते मैत्री समाज चितवनको अध्यक्ष लक्ष्मी अधिकारी, अपाङ्ग जागरण अभियानका शिक्षा समिति संयोजक पूर्णकान्त कोइराला, अटिजम केयर चितवन सोसाइटीको अध्यक्ष निर्मला डल्लाकोटी, हेमोफेलिया सोसाइटी बागमती प्रदेशका अध्यक्ष सन्तोष वाग्ले, कालिका नगर अपाङ्गता समन्वय संस्थाको उपाध्यक्ष चन्द्रकुमारी पौडेल, अपाङ्गता अधिकार संरक्षण केन्द्र नेपालका अध्यक्ष यमप्रसाद सुवेदीलगायत २६ जनाको सहभागिता रहेको थियो । छलफल अपाङ्ग समाज चितवनका अध्यक्ष होमनाथ अधिकारीको अध्यक्षतामा भएको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>