Breaking News

आसाम घर भई चितवनमा नर्सिङ पढ्ने युवती मृत फेला, सँगै बस्ने ३ पक्राउ

Banner

चितवन, फागुन १८-

भरतपुर महानगरपालिका १० स्थित कामाना चोकमा एक युवती मृत फेला परेकी छिन् । आसाम घर भई भरतपुर बस्दै आएकी १९ वर्षीया सुनिता देवी मृत अवस्थामा भेटिएकी हो । उनी कामाना चोकमा डेरागरी बसेर मैयाँदेवी कन्या कलेजमा नर्सिङ पढ्दै आएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आफू बस्दै आएको घरमा झुण्डिएकी उनको शव साथीहरुले पासो काटेको अवस्थामा भेटिएको थिइन् । हिजो बुधबार राति फ्ल्याटमा २ जना युवती र २ युवक सँगसँगै बसेको र उनीहरुका बीचमा झैझगडा हुँदा एक युवती झुण्डिएको प्रहरीले जनाएको छ ।

घटनामा सँगै रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेर आवश्यक अनुसन्धान गरिरहेको छ । हाल मृतकको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>