अन्तर्राष्ट्रिय

पूर्वराजकुमार ह्यारी र मेघनलाई बेलायतको घर खाली गर्न आग्रह

Banner

लन्डन, फागुन १८-

राजकीय जिम्मेवारी त्यागेर अमेरिका गएका बेलायतका पूर्वराजकुमार ह्यारी र उनकी पत्नी मेघन मार्कललाई बेलायतमा रहेको उनीहरूको घर खाली गर्न भनिएको छ।

द गार्डियनका अनुसार ह्यारी र मेघनका एक जना प्रवक्ताले बेलायती राजपरिवारले उनीहरूलाई विन्डसर क्यासलनजिकै रहेको फ्रगमोर कटेज खाली गर्न भनेको बताएका छन्। यो भवन १७ औं शताब्दीमा बनेको बताइन्छ।

ह्यारीले आफ्नो आत्मकथा ‘स्पेयर’ सार्वजनिक गरेपछि बेलायती राजपरिवार र ह्यारी(मेघन सम्बन्धमा थप तिक्तता आएका बेला उनीहरूलाई घर खाली गर्न भनिएको हो। बेलायतका राजा चार्ल्सले पनि यो कुरालाई स्वीकृति दिएका छन्।

ह्यारी र मेघनले केही दिनमै यो घर छोडेमा राजा चार्ल्सको राज्याभिषेक हुनुअघि नै ह्यारी(मेघनको बेलायती राजपरिवारसँगको सम्बन्ध थप कमजोर हुनेछ।

ह्यारी र मेघनलाई खाली गर्न भनिएको घर अर्का राजकुमार एन्ड्रुलाई दिइएको बताएको छ उनी पनि अहिले राजकीय पदमा छैनन्। एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>