Breaking News

मलाई अध्यक्ष ओलीले मेरै निवासमा आएर एमालेमै फर्किन आग्रह गर्नु भयोः वामदेव गौतम

Banner

काठमाडौं, फागुन १७-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ। नेता गौतमलाई अध्यक्ष ओलीले उनकै निवास भैंसेपाटी पुगेर भेटवार्ता गरेका हुन्। भेटमा ओलीले आफूलाई एमालेमै फर्किन आग्रह गरेको नेता गौतमले बताए।

ओलीले पार्टीमा फर्किन प्रस्ताव गरेपछि आफूले एमालेमा रहेको ७० बर्षे उमेरहद हटाउनमा भनेको बताए।उनले भने, ‘मैले उहाँलाई एमालेमा रहेको अहिलेको ७० बर्षे उमेरहद हटाउनुस् भने। उमेरहद अध्यक्ष र महासचिवमा राख्नुस्। तर, अरुमा हटाउनुुस् भनेको छु। मेले प्रस्तावमा उहाँ सकारात्मक नै हुनुहुन्छ भन्ने बुझेको छु।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>