Breaking News
चितवनको नारायणी पुलबाट खैरहनीका महतो हामफाले, सशस्त्र प्रहरीद्वारा उद्धार
०

चितवन, फागुन १६-
नारायणगढ पुलचोकमा रहेको नारायणी पुलबाट हामफालेका एक जना पुरूषको उद्धार भएको छ ।
सशस्त्र प्रहरी बलले एक जना पुरूषको उद्धार गरेको सहायक प्रवक्ता एवम् डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
भरतपुर महानगरपालिका–३ पुल्चोकस्थित पुलबाट सोमबार बेलुकी खैरहनी नगरपालिका–९ बस्ने २० वर्षीय मनिष महतो नारायणी नदीमा हामफालेका थिए । उनले हामफालेको खबर पाएपछि नारायणी किनारमा रहेको सशस्त्र प्रहरी बलको गोताखोरसहितको टोली (नेपाल इमिडियट रेस्पोन्स टिम)ले उनको सोमबार राति नै उद्धार गरेको हा े। उनलाई घटनास्थलभन्दा एक किलोमिटर तल नदीको बीचबाट उद्धार गरेको डिएसपी थापाले बताए । उद्धारपछि उनलाई उपचारको लागि भरतपुर अस्पताल पठाइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























