चितवन विशेष

चितवनमा विद्यार्थी संगठनको संयुक्त बैठक,समयमै स्ववियू निर्वाचन गराउन सहमत

Banner

चितवन,फागुन १६-

चितवनमा विद्यार्थी संगठनहरुको संयुक्त बैठक बसेको छ । अनेरास्ववियुको पहलमा मंगलबार बसेको बैठकमा समयमै स्ववियू निर्वाचन गराउन सबै संगठन सहमत भएका छन् । त्रिभुवन विश्वविद्यालयले चैत ५ गते स्ववियूको निर्वाचन गराउने कार्यतालिका प्रकाशन गरिसकेको छ ।

स्ववियू निर्वाचन हुन लागेकोमा उत्साहित हुँदै चितवनका विद्यार्थी संगठनले भनेका छन्,लामो समयदेखि स्ववियू निर्वाचन हुन नसक्दा विद्यार्थी आन्दोलनमाथि नै प्रश्नचिन्ह खडा भइरहेको अवस्थामा निर्वाचनलाई स्वच्छ,मर्यादित र धाँधलीरहित ढंगले सम्पन्न गर्न प्रतिबद्ध रहेको कुरा यस विज्ञप्ती मार्फत जानकारी गराउँछौं ।

झण्डै १४ बर्षपछि हुन लागेको स्ववियू निर्वाचन जिल्लाका तीन आंगिक क्याम्पस र १६ पव्लिक क्याम्पस सहित १९ वटा क्याम्पसमा हुन लागेको छ । जिल्लाका क्याम्पसहरुले निर्वाचन कार्यतालिका अनुसार निर्वाचन समिति निर्माण लगाएतका काम नगरेको भन्दै विद्यार्थी संगठनको ध्यानाकर्षण भएको अनेरास्ववियु चितवनका संयोजक प्रकाश कालाखेतीले बताउनुभयो । उहाँले चितवनका सबै क्याक्पसमा स्ववियूको निर्वाचन हुने वातावरण बनाउन सम्बन्धित सबैमा आग्रह समेत गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>