वागमती

बागमती सरकारले हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई १-१ लाख क्षतिपूर्ति दिने

Banner

हेटौँडा, फागुन १६-

बागमती सरकारले हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई १(१ लाख दिने निर्णय गरेको छ ।

मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले हात्तीको आक्रमणबाट मृत्यु भएका मनहरी ४ मकवानपुरकी ६४ वर्षकी राधा अधिकारी, बकैया ५ का सन्तलाल माझी र कमलामाई १३ सिन्धुलीका ४० वर्षका डण्डपाणी पौडेलको परिवारलाई क्षतिपूर्ति स्वरूप १–१ लाख दिने निर्णय गरेको प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिए ।

अधिकारीको ८ गते, माझीको ११ गते र पौडेलको १३ गते हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

बैठकले प्रदेश सुशासन केन्द्रका निर्देशक विमल पोख्रेलले दिएको राजीनामा पनि स्वीकृत गरेको प्रवक्ता मन्त्री थपलियाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>