Breaking News

सन्दिपलाई यूएई पठाउन क्यानले थाल्यो तयारी

Banner

काठमाडौँ, फागुन १६-

नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेलाई क्यानले यूएई पठाउने प्रक्रिया थालेको छ । सोमबार सर्वोच्च अदालतबाट विदेश जान अनुमति पाए लगतै क्यानले उनलाई यूएई पठाउने प्रक्रिया थालेको हो। नाबालिग बलात्कार आरोपमा धरौटीमा रिहाइ भएका सन्दीपलाई पाटन उच्च अदालतले विदेश जान रोक लगाएको थियो ।

सन्दीपले आफू विदेशमा खेल्न जान पाउनु पर्ने माग राख्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए । त्यसपछि सर्वोच्चले सोमबार उनलाई पुन: पक्राउ गर्न आवश्यक नरहेको भन्दै विदेश जान अनुमति दिएको थियो ।

क्यानका क्रिकेट म्यानेजर विनोद दाशले सन्दीपको भिसाको लागि यूएई एम्बेसीमा हिजो मात्र पठाएको र अब भिजा आएपछि टिममा समावेश गर्ने र यूएई पठाउने प्रक्रियामा जाने बताए ।

‘सन्दीपको भिसाका लागि यूएई एम्बेसीमा पासपोर्ट हिजो बुझाएका छौँ । भिजा आउने बित्तिकै टिममा राख्ने र यूएई पठाउने प्रक्रिया सुरु गर्नेछौँ,’ दाशले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>