चितवन विशेष

अनेरास्ववियु सप्तगण्डकीद्वारा रविन्द्र अधिकारीको स्मृतीमा दीप प्रज्वलन

०
Banner

चितवन, फागुन १६–

नेकपा एमालेका नेता स्वर्गिय रविन्द्र अधिकारीको चौँथो स्मृति दिवसको अवसरमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सप्तगण्डकी बहुमुखी क्याम्पसले सोमबार क्याम्पस परिसरमा दीप प्रज्ज्वलन गरेको छ । अनेरास्ववियुको पूर्व केन्द्रिय अध्यक्ष अधिकारीले आफ्नो कार्यकालमा गौरवपूर्ण निर्णय गरेको अनेरास्ववियुका विद्यार्थी नेताहरु बताउँछन् ।

अधिकारीबाट विद्यार्थी आन्दोलनले अनुसरण गर्नुपर्ने धेरै कुरा रहेकाले उनको सम्झनाले शोकलाई उर्जामा बदल्न टेवा पुग्ने आयोजक कमिटीले बताएको छ । अधिकारी अखिलको अध्यक्ष रहँदैगर्दा विद्यार्थीलाई यातायातमा ४५ प्रतिशत छुट, शनिबार पनि चलचित्र हलमा छुट, प्राविधिक शिक्षामा जोड लगायतका कयौँ कालजयी निर्णय भएका थिए । साथै पर्यटनमन्त्री रहँदा संस्कृति र पर्यटनका क्षेत्रमा उल्लेख्य कार्य भएका थिए ।

२०७५ फाल्गुन १५ गते पाथिभरा दर्शन गरेर फर्कदा प्रतिकुल मौसमका कारण उनको अल्पायुमा निधन भएको थियो । सोमबारको दीप प्रज्वलन कार्यक्रम अनेरास्ववियुका पूर्व केन्द्रिय कमिटी सचिवालय सदस्य एवम् युवा परिषद् चितवनका संस्थापक अध्यक्ष अश्मिन घिमिरेको प्रमुख आतिथ्यता र सप्तगण्डकी कमिटी अध्यक्ष महेश सापकोटाको अध्यक्षता र विभिन्न नेताहरुको उपस्थितीमा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>