चितवन विशेष

चितवनमा रोकिएको टिपरमा माइक्रो ठोक्किँदा १६ जना घाइते

Banner

चितवन,फागुन १४-

नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका-२९ सिमलतालमा आइतबार सडकमै रोकिराखिएको टिपरको पछाडि माइक्रो बस ठोक्किँदा १६ जना यात्रु घाइते भएका छन् । आइतबार दिउँसो ४ बजेर ४५ मिनेट जाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र बाँकी १४ जनाको अवस्था मध्यम रहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए ।

डीएसपी पण्डितका अनुसार नारायणगढबाट काठमाडौंतर्फ जाँदै गरेको बा ३ ख ५८९१ नम्बरको माइक्रो बस ना ६ ख ४४९० नम्बरको टिपरको पछाडि ठोक्किएको थियो । घाइतेहरूको चितवनका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>