Breaking News
अभिनेता पल शाहले उच्च अदालतबाट पाए सफाई, जेल मुक्त हुने
०

पोखरा, फागुन १४–
अन्ततः बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ ।
जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि पलले गरेको पुनरावेदनमा उच्च अदालतले अभियोग दावी नपुग्ने ठहर गरेको हो । यो फैसलासँगै पल शाह एक वर्षपछि जेलमुक्त हुने भएका छन् ।
उच्च अदालत पोखराले आइतबार पुनरावेदन सुनुवाई गर्दै अभियोग दावी नपुग्ने ठहर गरेको हो । यसअघि नवलपुर जिल्ला अदालतले शाहलाई बाल यौन दुर्व्यवहारमा दोषी ठहर गर्दै साढे २ वर्ष कैद सजाय गरेको थियो । शाह एक वर्षयता कारागारमा छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























