गसिप

चितवनका भुवन तिवारीले बनाएको विज्ञापन सामाजिक सञ्जालमा भाइरल

Banner

चितवन, फागुन १४-

चितवनका भुवन तिवारीले बताएको मनाङ चामलको विज्ञापन सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

तिवारीले सञ्जालन गरेको आर्यन प्रोडक्सनले बनाएको सो भिडियोबारे सामाजिक सञ्जाल फेसबुक, रुटिन अफ नेपाल बन्द र युट्युबमा भाइरल बनेको हो । दुई दिन अघि तिवारीको युट्युब च्यानल भुवन तिवारी भाइन्सबाट  मात्र यो विज्ञापन २९ हजार बढीले हेरेका छन् । यसमा घरमा मनाङ चामल पाकेको देखेपछि छोरीको प्रेमीसँग छोरीको विवाह गर्न बुबा राजी भएको देखाइएको छ ।

बोस्टन इन्टरनेशनल कलेजबाट एमबीए पूरा गरेका भुवनको सोचमा आधारित यो विज्ञापनमा उनकै काका अनुप तिवारी र उनकी साथी सनम अर्यालको अभिनय रहेको छ । भरतपुरको गौरीगञ्जको एक घरमा सुटिङ गरिएको यस विज्ञापनलाई जन्जिर थापाले खिचेका हुन् । बिगत ६ वर्षदेखि विभिन्न विज्ञापनमा अभिनय गर्दे आएका भुवनले यस विज्ञापनले आफूले सोचेभन्दा बढी चर्चा पाएको नारायणी अनलाइनलाई बताए । बोस्टन इन्टरनेशल कलेजका प्राध्यापक डा पोष्टराज पोखरेलले थोरै लगानीमा सरल ढंगबाट यसरी विज्ञापन बनाएर यति धेरै चर्चा बटुल्नु निकै सकारात्मक भएको विचार राखे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>