घटना -दुर्घटना

कञ्चनपुरबाट धनगढी आउँदै गरेको हायस दुर्घटना, एकको अवस्था गम्भीर

Banner

धनगढी, फागुन १४-

कञ्चनपुरको महेन्द्रनगरदेखि धनगढीतर्फ आउदै गरेको हायस दुर्घटना भएको छ। आज बिहान बा ४ ख २३०३ नम्बरको हायस शुक्लाफाटा नगरपालिका–११ कलुवापुर नजिकै दुर्घटना भएको हो।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार वाइरिङ्ग सर्टसर्किट भएर दुर्घटना हायस दुर्घटना भएको हो। दुर्घटनामा ४ जना घाइते भएका छन्। उनीहरुमध्ये एक महिलाको अवस्था गम्भीर छ। हायसमा जम्मा ६ जना सवार थिए । एजेन्सी

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>