चितवन विशेष

नेपाल छापाखाना तथा सम्बद्ध श्रमिक संघ कान्तिपुर पब्लिकेशन भरतपुरको अध्यक्षमा भुषाल

०
Banner

चितवन, फागुन १३–

नेपाल छापाखाना तथा सम्बद्ध श्रमिक संघ कान्तिपुर पब्लिकेशन लिमिटेड प्रतिष्ठान क्षेत्रीय समिति भरतपुरको अध्यक्षमा पुनः यमकान्त भुषाल चयन भएका छन् ।

शनिबार भरतपुरमा भएको अधिवेशनले पुनः भुषालको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा प्रविण कुमार दत्त, सचिवमा कृष्ण पराजुली, सह–सचिवमा सन्जीब भुजेल र कोषाध्यक्षमा सन्दिप पौडेल चयन भएका छन् ।

यसैगरि सदस्यहरुमा उद्धव खरेल, वसन्त भूमि, विमल आचार्य र विष्णुराज सुवेदी चयन भएका छन् । नयाँ कार्यसमितिलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल छापाखाना तथा सम्बद्ध श्रमिक संघ कान्तिपुर पब्लिकेशन लिमिटेडका केन्द्रीय अध्यक्ष अर्जुन पाठकलले खादा तथा अविरले बधाई दिएका थिए ।

सो क्रममा बोल्दै केन्द्रीय अध्यक्ष पाठकले कान्तिपुर पब्लिकेशनलाई यहाँसम्म ल्याई पु¥याउन कर्मचारीहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै आगामि दिनमा पनि यस्तै भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले कर्मचारीले पनि आफ्नो भूमिका निर्वाह गर्ने र सोही अनुसार आफ्नो हकअधिकार खोज्ने बताए । अध्यक्ष पाठकले नेपालमा लोकतन्त्र ल्याउन र त्यसको संस्थागतका लागि कान्तिपुर सदैव लागि परेको भन्दै महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा कान्तिपुरका अध्यक्ष तथा प्रवन्ध निर्देशक कैलाश सिरोहिया बधाईको पात्र भएको बताए ।

कार्यक्रम संस्थाका अध्यक्ष यमकान्त शुषालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>