समाचार

बालुवाटार बैठक : राप्रपाका मन्त्रीलाई बर्खास्तीको संकेत

Banner

काठमाडौँ, फागुन १३–

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राप्रपाका मन्त्रीलाई बर्खास्त गर्ने संकेत गरेका छन् ।

राष्ट्रपतिको विषयमा निर्णय लिन बसेको कांग्रेससहितको दलहरुको बैठकमा प्रचण्डले परिवर्तन उल्टाउन खोज्ने शक्तिहरुसँग सहकार्य गाह्रो भएको भन्दै अब नयाँ समीकरण बनाएर अघि बढ्ने आफ्नो चाहना रहेको बताएका हुन् ।

प्रचण्डले एमालेसँगको सहकार्य योभन्दा अघि जान नसकेको उल्लेख गर्दै अब नयाँ समीकरण बनाएर जानुपर्ने अवस्था आएको समेत बताएको एक नेताले बताए । उनले एमाले आफै सरकारबाट बाहिरियोस् भन्ने चाहना रहेको उल्लेख गर्दै त्यसपछि प्रदेशसम्मको समीकरणमा बदलाव आउन सक्ने धारणा राखेका थिए ।

फरक फरक विचारधाराका एमालेसहित, राप्रपा र रास्वपालाई मिलाएर लैजान सकस भएको उल्लेख गर्दै प्रचण्डले परिवर्तन उल्ट्याउन खोज्ने शक्तिसँग सर्तक हुन जरुरी रहेको समेत बताएका थिए ।

उनले ठूलो दलको हैसियतले राष्ट्रपति दिनु उचित हुने धारणा राखेका थिए । प्रधानमन्त्री कसले कति चलाउने लगायतका विषयमा भने पछि छलफल हुने प्रचण्डको भनाइ थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>