Breaking News

प्रधानमन्त्रीको कार्यकाल बाँडफाँटः तीन वर्ष प्रचण्ड,एक/एक बर्ष देउवा र नेपाल

Banner

काठमाडौं,फागुन १२-

शुक्रबार आठ दलले कांग्रेस उम्मेदवारलाई राष्ट्रपति चुनावमा समर्थन गर्ने निर्णयसँगै १० पुसमा बनेको सत्ता गठबन्धन भत्किएको छ भने नयाँ आठदलीय गठबन्धन बनेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार सहयात्री परिवर्तन गर्दै कायम रहने भएको छ ।

कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, जनमत, नागरिक उन्मुक्ति, लोसपा र राजमोको आठदलीय गठबन्धन बनेको हो । यो गठबन्धनले नयाँ सत्तासमीकरण समेत बनाएको छ । कांग्रेसलाई राष्ट्रपतिमा सघाउने निर्णय भएसँगै प्रधानमन्त्रीको कार्यकाल पनि बाँडफाँट भएको छ । बैठकमा सहभागी एक नेताका अनुसार पहिलो तीन वर्ष प्रचण्ड प्रधानमन्त्री हुने, त्यसपछि एक वर्ष माधवकुमार नेपाल र अन्तिम वर्ष कांग्रेसले प्रधानमन्त्री लिने सहमति भएको छ ।

प्रचण्ड १० पुसमा एमालेलगायतका दलको समर्थनमा प्रधानमन्त्री बनेका थिए । त्यतिबेला राष्ट्रपति एमालेलाई दिने सहमति भएको बताइएको थियो । तर, अहिले एमालेलाई एक्ल्याउँदै आठ दल एक ठाउँ उभिएका छन् । कांग्रेस उम्मेदवारले राष्ट्रपतिमा जित हात पार्ने निश्चित जस्तै छ । पावर सेयरिङको निर्णय गर्ने अधिकार कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री एंव माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई दिइएको छ ।

राष्ट्रपति कांग्रेसलाई दिने निर्णय भएसँगै नेकपा एसलाई ६ महिनापछि राष्ट्रियसभा अध्यक्ष दिने विषयमा बालुवाटारमा छलफल चलेको छ । हालका राष्ट्रियसभा अध्यक्षको कार्यकाल ६ महिनापछि सकिने भएकाले त्यसपछि नेकपा एसलाई दिने गरी छलफल भएको बैठकमा सहभागी एक नेताले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>