चितवन विशेष

नारायणी किनारमा एकैदिन सवा करोड दीप प्रज्वलन गरियो, हजारौँ भक्तजन सहभागी

Banner

चितवन,फागुन १२-

नारायणी नदी किनारमा माघ १२ गतेदेखि जारी साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञमा शुक्रबार सवा करोड दीप प्रज्वलन गरिएको छ । महायज्ञको दीप प्रज्वलन कार्यक्रममा हजारौँ भक्तजन सहभागी भएका छन् । विभिन्न भक्तजन, आमा समूह, मन्दिर र सत्संग समूहले बत्तीको व्यवस्था गरेका थिए ।

दीप प्रज्वलन विश्व शान्ति र राष्ट्र कल्याणको लागि महत्वपूर्ण भएको महायज्ञ संयोजक एवम् श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्का अध्यक्ष प्रेमनिधी भारद्धाजले बताए । बत्ती प्रज्वलन गर्नुअघि सवा करोड पटक हवन गरिएको उनले बताए ।

महायज्ञमा तर्पण र मार्जनको काम भने बाँकी छ । महायज्ञ फागुन १५ गते सकिँदै छ । बाँकी तीन दिनमा तर्पण र मार्जनको काम हुने उनले बताए । श्रीसनातन संस्कृति संरक्षण अभियान र श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्को संयुक्त आयोजनामा महायज्ञका अध्येता एवम् राष्ट्र गुरु योगी नरहरिनाथलाई सम्झदै नदी किनारमा कोटिहोम महायज्ञको आयोजना गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>