चितवन विशेष

सौराहामा जंगली हात्तीको आक्रमणबाट विदेशी पर्यटकको मृत्यु

Banner

चितवन,फागुन १२-

चितवनको पर्यटकीय नगरी सौराहामा शुक्रबार जंगली हात्तीको आक्रमणबाट एकजना विदेशी पर्यटकको मृत्यु भएको छ । रत्ननगर नगरपालिका वडा नं ६ मा रहेको बछौली हात्तीसार नजिकको जंगलमा हात्तीले आक्रमण गर्दा अन्दाजी ३१ बर्षका विदेशी पर्यटक ईजरायली नागरिक समिउल वोइकनरको मृत्यू भएको हो ।

घटना स्थलमै मृत्यु भएका उनको शव परिक्षणका लागि अस्पताल पठाइएको निकुञ्जका सौराहा सेक्टर प्रमुख शरदमणि पौडेलले जानकारी दिए । चालू आबको छ महिनामा चितवन निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट ८ जनाको मृत्यु भएको निकुञ्जले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>