स्वास्थ्य

एकदिने एचपिभी खोपसम्बन्धी अभिमुखीकरण कार्यक्रम

Banner

रत्ननगर, फागुन १२–

रत्ननगर नगरपालिका स्वास्थ्य शाखाको आयोजना र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको सहयोगमा भएको एकदिने एचपिभी खोपसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

पाठेघरको मुखको क्यान्सर रोकथामका लागि ११ वर्षदेखि १३ वर्षसम्मका बालिकाहरुलाई दिइने एचपिभी खोपका सम्बन्धमा रत्ननगर नगरपालिकाभित्रका २९ सामुदायिक र २७ संस्थागत विद्यालयका प्रधानाध्यापक, प्राचार्य र स्वास्थ्य शिक्षा अध्यापन गराउने शिक्षकशिक्षिकाको लागि अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

रत्ननगर नगरपालिकाका उपप्रमुख यादवप्रसाद पाठकको अध्यक्षता एवं नगरशिक्षा अधिकारी तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत बद्रिनारायण शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यक्रम संयोजक डा कृष्णप्रसाद सुवेदीले महिलाको पाठेघरको क्यान्सर नहोस् भन्ने उद्देश्यले क्यान्सर अस्पतालले स्वास्थ्य मन्त्रालयसँग पहल गरी रत्ननगरका ५६ विद्यालयमा अध्ययनरत ११ वर्षदेखि १३ वर्षसम्मका बालिकाहरुलाई एचपिभी खोप लगाउन लागिएको बताए ।

कार्यक्रमको सञ्चालन रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव पौडेलले गरेका थिए । रत्ननगरका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा फागुन १४ गतेदेखि १९ गतेसम्म एचपिभी खोप लगाउन शिक्षक शिक्षिकालाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>