चितवन विशेष

सौराहामा चर्को आवाजमा साउण्ड सिस्टम र माइक बजाउन रोक

Banner

चितवन,फागुन ११-

पर्यटकीय नगर सौराहामा होटल, रेष्टुरेन्टमा चर्को आवाजमा साउण्ड सिस्टम र माइक प्रयोग गर्न रोक लगाइएको छ । रत्ननगर नगरपालिकाले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । सौराहा यस नगरपालिकाको वडा नं ६ मा पर्छ । राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा सञ्चालित केही पर्यटकीय स्तरका होटल, रेष्टुरेन्ट र अन्य व्यवसायीले समेत स्थानीय जनमानसलाई अप्ठ्यारो हुने गरी चर्को आवाजमा साउण्ड सिस्टम र माइक बजाएको गुनासो आएपछि नगरपालिकाले यस्तो निर्णय लिएको बताएको छ ।

५ फागुनको वडा समिति बैठकले स्थानीय र छरछिमेकलाई असहज हुने गरी साउण्ड सिस्टम तथा माइक प्रयोग गर्न रोक लगाएको हो । यो सूचनाको अवज्ञा गरी अवहेलना गरेमा कानुन अनुसार कारवाही हुने चेतावनी नगरपालिकाले दिएको छ ।

हेर्नुहोस् सूचनाः

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>