Breaking News
राजनीतिक खेल सुरु भयो, गोल जसले पनि हान्न सक्छः उपेन्द्र यादव
०

काठमाडौं,फागुन ११-
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक खेल सुरु भएको टिप्पणी गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्रीसमेत रहेका दाहालसँग राष्ट्रपति निर्वाचनसँग सम्बन्धित विषयमा कुराकानी गरेका थिए ।
कुराकानीका क्रममा दाहालले कांग्रेसलाई पनि अहिले विश्वासमा लिएर अघि बढ्नुपर्ने बताएका थिए । “कांग्रेसलाई पनि विश्वासमा लिनुपर्छ,” प्रचण्डको पनि भनाई उद्धृत गर्दै यादवले भने, “राजनीतिक खेल चाहिँ सुरु भयो, पुरानो गठबन्धन बन्ने या भत्किने के हुन्छ भन्न सकिन्न ।”
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























