Uncategorized

भरतपुर माध्यमिक विद्यालयमा पढ्ने छात्रको शव नारायणी नदीमा फेला

Banner

चितवन, फागुन ११-

भरतपुर माहानगरपालिका १६  काभे्रघाटमा एक बालकको शव फेला परेको छ ।

बालकको शव ६ दिन पछि काभ्रेघाटस्थित नारायणी नदीमा फेला परेको हो ।

चितवनको माडी नगरपालिका–५ घर भइ हाल भरतपुर महानगरपालिका १० बस्ने १६ वर्षीया बालक रितेस थापाको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । उनको शव बिहान ८ः३० बज नदीमा डुबेको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिए ।

प्रहरीका अनुसार भरतपुर माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्न थापा फागुन ६ गते शिवरात्रीका दिन तनहुँ देबघाट स्थित नारायणी नदीमा नुहाउने क्रममा बेपता भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>