Breaking News

अध्यक्ष ओलीले राष्ट्रपतिका लागि माधव नेपाल र सुवास नेम्वाङको नाम दिए

Banner

काठमाडौं, फागुन १०- 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका लागि माधवकुमार नेपाल र सुवास नेम्वाङको नाम अघि सारेका छन् । आज (बुधबार) बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको भेटमा उनले राष्ट्रपतिका लागि दुई नेताको नाम अघि सारेका हुन् ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालतर्फ संकेत गर्दै उनले ‘तपाईँले पनि वचन दिएका, कांग्रेसले पनि सहयोग गर्दै आएका व्यक्तिलाई एमालेले प्रस्ताव गर्छ’ भनेको ओली निकट स्रोतले बताएको छ ।

प्रधानमन्त्री प्रचण्डले भने जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग छल्लाह गर्ने जवाफ दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>