Breaking News

पूर्वराजा ज्ञानेन्द्रलाई राष्ट्रपति बनाउन रवीन्द्र मिश्रको माग,सबैभन्दा योग्य पात्र भएको दाबी

Banner

काठमाडौं, फागुन १०-

दलहरूबीच राष्ट्रपति निर्वाचनलाई लिएर वार्ता र संवादका श्रृंखला चलिरहेका बेला राप्रपाका नेता रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राष्ट्रप्रमुख बनाउन माग गरेका छन् । सामाजिक संजालमा लेख्दै मिश्रले राष्ट्रपतिलाई राजनीतिभन्दा माथिको पद भनिए पनि भूमिका सधैं पार्टीगत भएकोले पूर्वराजा यतिखेर राष्ट्रप्रमुखका लागि सबैभन्दा योग्य पात्र भएको उनको दाबी छ ।

बढ्दो कुशासनविरुद्ध पनि राष्ट्रप्रमुखमा पूर्वराजा योग्य भएको जिकिर उनले गरेका छन् । ‘राष्ट्रपतिलाई राजनीतिभन्दा माथिको पद भनियो। तर राष्ट्रपतिको भूमिका सदा पार्टीगत रह्यो। सेनाबाहेक देशका सबै संस्था क्षयीकृत छन्। समाज महाभ्रष्ट छ। आइक्यू संरमै सबैभन्दा कम छ। धर्मसंस्कृतिमाथि धावा बोलिएको छ। देश अन्तर्राष्ट्रिय भूराजनीतिको चपेटामा पर्दैछ र परिसक्यो’ मिश्रले भनेका छन्, ‘यस्तो अवस्थामा कहिले ‘होली वाइन’, कहिले ‘विदेशीका एजण्ट’, कहिले ‘नातावादमा लिप्त’, कहिले ‘भ्रष्ट’ र ‘राष्ट्रघातमा अभ्यस्त’हरूको नाम राष्ट्रपतिको पदका लागि चर्चामा छ। राष्ट्रपतिको संस्था भनेको संकटको घडीमा आड दिने ‘कुशन’ हुनु पर्ने हो। तर त्यो कुशासनको केन्द्रविन्दू बनेको छ।

देश नै निरन्तर कमजोर, बदनाम र संकटउन्मुख बन्दै गएको अवस्थामा राजा ज्ञानेन्द्रलाई ‘राष्ट्रप्रमुख’का रूपमा किन अघि नसार्ने ?’ ‘अरूले दशकौँसम्म दिनदिनै राष्ट्रघात गर्दा क्षम्य हुने। अहिले पनि चौतर्फीरूपमा व्यापक स्वीकार्यता भएको र देशको दीर्घकालीन शान्ति, स्थिरता, सम्मान र सार्वभौमिकताका लागि राजा ज्ञानेन्द्रले एक पटक गरेको ‘गल्ती’ सुधार्ने मौका पाउन नहुने ?’ भन्दै प्रश्न उठाउँदै उनले भनेका छन्, ‘राजा ज्ञानेन्द्रले भने झैँ, “अब यो देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरू र लामो समय देशभक्तिपूर्ण एतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको लागि विलम्ब गर्नु हुँदैन।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>