समाचार

अक्सिजनको मात्रा घटाएसँगै चन्द्र भण्डारीलाई आजबाट मुखबाटै खाना खुवाउन थालियो

Banner

काठमाडौं, फागुन १०-

मुम्बईको नेशनल बर्न्स सेन्टरमा उपचाररत सांसद चन्द्र भण्डारीलाई बुधबारदेखि मुखबाटै खाना खुवाउन थालिएको छ ।

यसअघि पाइपबाट खाना खुवाउँदै आएकामा बुधबारदेखि भने मुखबाटै खाना खुवाइने सांसद भण्डारीसँगै रहेका योगराज कँडेलले जानकारी दिए ।

३ फागुनको राति घरमा ग्यास चुहिएर आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला गम्भीर घाइते भएका थिए । हरिकलाको उपचारका क्रममा ४ फागुनमा कीर्तिपुर अस्पतालमा मृत्यु भएको थियो ।

सांसद भण्डारीलाई भने ४ फागुनमा थप उपचारका लागि मुम्बई लगिएको थियो । मुम्बईको नेशनल बर्न्स सेन्टरमा भण्डारीलाई दिइएको अक्सिजनको मात्रा पनि घटाइएको छ । यसअघि ८ लिटर अक्सिजन दिइएकामा बुधबार विहान ७ बजेदेखि ६ लिटरमा झारिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>