समाज

महेश सन्यास आश्रमका पीठाधिस रमणानन्दले गरे कोटिहोम महायज्ञको अवलोकन

Banner

चितवन, फागुन १०–

नारायणी नदी किनारमा जारी साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञको मंगलबार २७औँ दिन महायज्ञका संरक्षक १००८ स्वामी रमणानन्द गिरीको आगमन भएको छ । महेश सन्यास आश्रम देवघाटका पीठाधिस समेत रहेका उनले महायज्ञको अवलोकन गरेका थिए ।

आज (बुधबार) गलेश्वर आश्रमका पीठाधिस महामण्डलेश्वर १००८ स्वामी आत्मानन्द गिरी महायज्ञमा आउने कार्यक्रम रहेको छ । उनी पनि महायज्ञका संरक्षक हुन् । मंगलबार पूर्व सांसद गिता वाग्लेले मन्तव्य राखेकी थिइन् । महायज्ञमा आजबाट देवी भागवत पुराण सुरु हुँदै छ ।

महायज्ञमा मंगलबार पनि भक्तजनको उल्लेख्य सहभागीता रहेको प्रमुख वाचक परशुराम पाण्डेयले जानकारी दिए । फागुन १२ गते ११ बजे महायज्ञमा सवा करोड दिप प्रज्वलन हुँदै छ । महायज्ञ भने फागुन १५ गते सकिने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>