चितवन विशेष

एक्सपर्ट क्वीज च्याम्पियनः बछौली मावि दोस्रो चरणमा प्रवेश

Banner

चितवन, फागुन ७–

चितवनकै सर्वाधिक धनराशीको एक्सपर्ट क्वीज च्याम्पियन २०२३ मा पूर्वीचितवनको बछौली माध्यमिक विद्यालय दोस्रो चरणमा प्रवेश गरेको छ ।
शनिबार प्रशारित पहिलो इपिसोडबाट दुई विद्यालयलाई पछि पार्दै बछौली दोस्रो चरणमा प्रवेश गरेको हो । बछौलीले प्रेमबस्ती माध्यमिक विद्यालय भरतपुर र बालकुमारी माध्यमिक विद्यालय नारायणगढलाई ५ अंकले पछि पार्दै समूह विजेताको रुपमा दोस्रो चरणमा प्रवेश गरेको हो । प्रेमबस्ती र बालकुमारीले समान ३५ अंक प्राप्त गरेपनि पहिलो चरणबाटै बाहिरिएका छन् ।

प्रतियोगितको पहिलो इपिसोड शनिबार साँझ ७ः३० टिभी कालिका एचडी र नारायणी टिभी युट्युवमा प्रशारण गरिएको थियो । यस प्रतियोगिता हरेक साताको बिहीबार, शुक्रबार र शनिबार तीन दिन टिभी कालिका एचडी र नारायणी टिभी युट्युव च्यानलमा प्रशारण हुनेछ ।

नारायणी एडभटाईजिङ एण्ड इभेन्ट्स प्रा.लि.को आयोजना र एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस चितवनको प्रस्तुतीमा क्वीज संचालन गरिएको हो । क्वीजमा चितवनका कुल ४८ वटा माध्यमिक विद्यालय तथा कलेजहरुको सहभागिता रहेको छ । यस क्वीज कार्यक्रम करिव दुई महिनासम्म चल्नेछ ।

चितवनकै सर्वाधिक धनराशीको यस प्रतियोगिताको बिजेताले नगद ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै द्धितीय हुनेले नगद ३० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने तृतीय हुनेले नगद २० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा सहभागि सबै विद्यार्थीहरुलाई आकर्षक उपहार प्रदान गरिने छ भने सहभागि विद्यालयलाई पनि विशेष मायाको चिनो प्रदान गरिने छ ।

यस क्वीजलाई अष्ट्रेलिया, क्यानडा, युके र अमेरिकामा उच्च शिक्षाका लागि नेपाली विद्यार्थीहरुलाई परामर्श दिँदै आइरहेको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस चितवनले प्रस्तुत गरेको छ भने अष्ट्रेलियामा रहेको ब्राइटन कलेज र अष्ट्रेलियन स्कुल अफ एकाउण्टिङ (एएसए)ले सहकार्य गरेको छ । पावर्ड बाइमा युनाइटेड टेक्निकल कलेज भरतपुर र जापानको साथी म्याक्स वे इन्टरनेशनल भरतपुर रहेको छ ।

यस्तै सहयोगी संस्थाहरुमा हिसान चितवन, वैष्णव, सगरमाथा टेलरिङ सटिङ एण्ड सुटिङ लायन्स चोक नारायणगढ, नेपो फर्निचर, हस्पिटालिटी पार्टनरमा होटेल सिराइँचुली, होटल ह्याप्पी होम कमलनगर नारायणगढ रहेका छन् । मिडिया पार्टनमा नारायणी अनलाइन, कालिका एफएम, सञ्चारपत्र दैनिक, सेतो नेपाल डटकम, ब्रोडकास्टिङ पार्टनमा टिभी कालिका एचडी र नारायणी टिभी रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>