Breaking News

कैलाली जेलमा रहेका सासंद अरूण चौधरीको कैद मिनाह

Banner

काठमाडौँ, फागुन ६–

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैलाली जेलमा रहेका सांसद अरूण चौधरीको कैद मिनाहा गरिदिएकी छन् ।

आइतबार फागुन ७ गते प्रजातन्त्र दिवसका दिन सांसद अरूण चौधरीलाई जेलबाट छुटाउन राष्ट्रपतिको कार्यालयले उनको सजाय मिनाह गरेको हो।

राष्ट्रपति कार्यालयले शुक्रबार विज्ञप्ति प्रकाशित गरी विभिन्न ३ सय ९५ जनाको कैद सजाय राष्ट्रपति विद्यादेवी भण्डारीबाट माफी गरिएको जनाएको छ। सोही अनुसार सांसद चौधरीसहित कैलाली कारागारमा रहेका अन्य १४ जनाको पनि कैद मिनाह भएको छ।

प्रतिनिधि सभा सदस्य तथा नागरिक उन्मुक्तिका सचेतक चौधरीलाई पक्राउ गरी माघ २० गते जिल्ला अदालत कैलालीमा पेस गरिएको थियो। उनलाई ९ वर्षअघिको आगजनी मुद्दामा जिल्ला अदालतले दोषी ठहर गरेको थियो।

उनी प्रतिनिधि सभा सदस्य भएपछि मात्र कैद सजाय भुक्तान नगरी फरार रहेको खुलेको हो। गत मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिएर उनले सांसद पद जितेका थिए।

त्यसअघि एकपटक मेयर र एकपटक प्रदेश सभा सदस्य पदमा उनले निर्वाचन लडेर हारेका थिए। रिहाइको प्रक्रिया पुर्‍याउन दुई–तीन दिन लाग्ने जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>