Breaking News

देवघाटमा शिलान्यास भईसकेको झोलुङ्गे पुलको योजना रद्ध, निर्माण कार्य तत्काल सुरु गर्न माग

Banner

देवघाट, फागुन ६–

देवघाट गाउँपालिका–५ को भुवनटार र चितवनको भरतपुर महानगरपालिका–२६ भतेरी जोड्ने त्रिशुली नदीमा झोलुङ्गे पुलको शिलान्यास भएपछि योजना रद्ध भएको छ । शहरी बिकास मन्त्रालय सस्पेसन डिभिजन कार्यालय पुल्चोक ललितपुरबाट सर्भे, डीजाईन लगाएत सबै कार्य सम्पन्न गरी टेन्डर आह्वान गरि निर्माण व्यवसायीसँग सम्झौता समेत भई २०७८ चैत १५ गते देवघाट गाउँपालिकाका
तत्कालिन अध्यक्ष दुर्गबहादुर थापा र भरतपुर महानगरपालिका वडा नम्बर २९ का वडा अध्यक्ष मन बहादुर मगरले संयुक्त रूपमा उक्त पुलको शिलान्यास समेत गरिसकेका थिए ।

तर निर्माण कार्य सुरु गर्ने बैला भने योजना नै रद्ध भएको छ । जग्गा सम्बन्धि कारण देखाउँदै विभागले पुलको निर्माण योजना रद्ध गरेको बताईएको छ । उक्त झोलुङ्गे पुल तनहँु क्षेत्र नम्बर १ का तत्कालिन सांसद कृष्णकुमार श्रेष्ठ किसानको विशेष पहलमा योजना छनौटमा परेको थियो । देवघाट जानेक्रममा भुवनटारबासीले सांसद श्रेष्ठलाई उक्त स्थानमा झोलुङ्गे पुल निर्माणको लागि मागपत्र पेश गरेका थिए । पछि सांसद श्रेष्ठ तथा उनका स्वकिय सचिव जगत खड्काले विभागमा गएर उक्त पुलको योजना छनौट गर्न विभागका अधिकारीहरुलाई अनुरोध गरेका थिए ।

योजना रद्ध भएको उक्त पुलको निर्माण कार्य तत्काल सुचारु गर्न भुवनटार–भतेरी पुल निर्माण सहजीकरण उपभोक्ता समितिले माग गरेको छ । उपभोक्ता समितिले बुधबार देवघाट गाउँपालिकालाई ध्यानाकर्षण पत्रु बुझाई पुलको निर्माण कार्य तत्काल सुरु गर्न माग गरेको हो । शिलान्यास भई निर्माण कार्य सुरु हुने बेलामा अचानक उक्त पुलको योजना रद्ध भएको भन्ने जानकारी पाएपछि आफुहरु
निराश भएको भुवनटार–भतेरी पुल निर्माण सहजीकरण उपभोक्ता समितिकी अध्यक्ष सिता आलेले बताईन् । उपभोक्ता समितिको उक्त पुलको निर्माण कार्य तत्काल सुरु गर्न गाउँपालिका मार्फत सम्बन्धित निकायमा ध्यानाकर्षण पत्र बुझाएको अध्यक्ष आलेले बताईन् ।

उक्त पुलको निर्माण कार्यमा ढिलाई भएपछि निर्माण व्यवसायीसँग जानकारी लिँदा पुलको योजना नै रद्ध भएको जानकारी पाएको उनले बताईन् । पुलका निर्माण व्यवसायी लोकबहादुर बस्नेतले विभागबाट योजना रद्ध भएको जानकारी पाएपछि निर्माण कार्य सुरु नगरिएको बताए । निर्माण व्यवसायीले अब त्यस स्थानमा पुल बन्दैन भन्ने जवाफ दिएपछि तत्काल पुल निर्माण सहजीकरण उपभोक्ता समितिको बैठक बसि उक्त स्थानमा झोलुङ्गे पुल निर्माण कार्य छिटो भन्दा छिटो सन्चालन गर्न देवघाट गाउँपालिका मार्फत माग गरिएको अध्यक्ष आलेले बताईन् । झोलुङ्गे पुलको अभावमा भुवनटारबासी राजमार्गमा निस्कन करिब एक घन्टा हिड्नु पर्ने बाध्यता छ ।

उक्त समितिले लामो समयसम्म पनि पुल निर्माण कार्य हुन नसक्नुको कारण के हो ? यस विषयमा सत्यतथ्य कुरा बाहिर ल्याइ शिलान्यास भएको स्थानमा नै छिटोभन्दा छिटो पुल निर्माण कार्य प्रारम्भ गराउन देवघाट गाउँपालिका, भरतपुर महानगरपालिका र चितवन संघिय निर्वाचन क्षेत्र नम्बर २ का सांसद, तनहुँ क्षेत्र नम्बर १ का संघिय सांसद, शहरी विकास मन्त्रालय तथा स्पेसन विभागलाई पत्राचार समेत गर्ने भएको छ ।

ध्यानाकर्षण पत्र बुझाउने क्रममा उपस्थित नेकपा एमाले देवघाट गाउँ कमिटिका अध्यक्ष केशवचन्द्र न्यौपानेले स्थानीय बासिन्दालाई अति आवश्यक भएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकारमा सबैले पहल गरेर उक्त पुलको योजना पारेको भन्दै उक्त पुल जसरी पनि उक्त स्थानमा नै निर्माण हुनु पर्ने बताए । स्पेसन विभागका अनुसार पुलको शिलान्यास भएको स्थानमा तनहँु
तर्फ व्यक्तिको जग्गा परेको र भरतपुर महानगर तर्फ रिर्साेट निर्माण भईरहेकोले दुबै तर्फको अवरोधको कारण पुलको योजना रद्ध भएको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>