Breaking News

आगामी वर्ष थपिए दुई बिदा, क्यालेन्डरमा राख्न अनुमति

Banner

काठमाडौं,फागुन ५-

सरकारले आगामी वर्ष थप दुई दिन बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले मन्त्रिपरिषद्मा लगेको सार्वजनिक बिदा पुनरवलोकनसम्बन्धी प्रस्तावमा आउँदो भदौसम्म सार्वजनिक बिदाबारे पुनरावलोकन गरिसक्ने निर्णय गरेको हो।

आज (बिहीबार) बसेको मन्त्रिपरिषद बैठकले गत वर्षका सबै बिदा कायमै राखेर २ दिन बिदा थपेको छ। जसअनुसार नै आगामी वर्षको क्यालेन्डरमा राख्न अनुमति दिइएको प्रवक्ता रेखा शर्माले बताइन्। २०८० सालका लागि क्यालेन्डर तथा पात्रोहरू छाप्ने काम सकिन लागेको अवस्थामा बिदा पुनरवलोकन नगरिएको उनले जानकारी दिइन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेकी शर्माले भनिन्, ‘भइराखेका बिदामा २ दिन बिदा थप गर्ने निर्णय भएको छ। जसअनुसार आगामी वर्षबाट पुस २७ गतेको पृथ्वीजयन्ती र फागुन १ गते जनयुद्ध दिवसुको बिदा थपिएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>