Breaking News

सरकारी बेवास्ताले चित्रवन रंगशाला वर्षाैदेखि अलपत्र, करोडौँ लगानी गयो खेर

Banner

चितवन, फागुन ५–

सरकारी बेवास्ताका कारण भरतपुर महानगरपालिका–२० स्थित निर्माणाधिन राष्ट्रियस्तरको चित्रवन फुटबल रंगशाला अलपत्र परेको छ। रंगशालामा हालसम्म करिब १२०० मिटर मात्रै पक्कि पर्खाल निर्माण सम्पन्न भएको छ।

साविक चित्रवन नगरपालिका हुँदा चित्रवन युवा तथा खेलकुद विकास समितिको पहलमा राष्ट्रिय खेलकुद परिषद्ले आर्थिक वर्ष २०७४/७५ मा १० बिगाह क्षेत्रफलमा १ अर्ब ५३ करोड रुपैयाँ लागतमा १७ हजार दर्शक क्षमताको रंगशाला निर्माण गर्नेगरी डिपिआर तयार गरेको हो ।

रंगशाला निर्माण अभियानको क्रममा चितवन अन्तर्राष्ट्रिय समन्वय समिति गैरआवासिय नेपाली संघबाट ४ लाख ७२ हजार र चितवन सेवा समाज जापानबाट २ लाख रुपैयाँ प्राप्त गरी पर्खाल निर्माण कार्य थालनी भएको थियो। आव २०७५/७६ मा निर्माण कार्यको प्रारम्भिक चरणमा राष्ट्रिय खेलकुद परिषदले ५० लाख र आव २०७६/७७ मा चितवन विकास प्याकेजअन्तर्गत ५० लाख रुपैयाँ विनियोजन भई पक्कि पर्खालको केहि संरचना निर्माण भएको हो ।

हालसम्म भरतपुर महानगरको डेढ करोड र राष्ट्रिय खेलकुद परिषदको डेढ करोड रुपैयाँ र आव २०७७/७८ को भरतपुर महानगरपालिकाको थप बजेट २० लाखबाट करिब १२०० मिटर पक्कि पर्खाल निर्माण कार्य सम्पन्न भएको चित्रवन फुटबल रंगशाला समितिका सचिव टुकमान गुरुङले जानकारी दिए ।

गत आव २०७८/७९ मा बागमती प्रदेश सरकारबाट ३० लाख रुपैयाँ बजेट बिनियोजन थियो । फूटबल र एथलेटिक्स क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने र खेल पर्यटनको बिकास गर्ने उद्देश्यले यो रंगशाला निर्माणको काम थालिएको हो ।

काठमाडौको दशरथ रंगशाला पछिको बैकल्पिक रंगशालाको रुपमा हेरिएको यो रंगशाला फुटबल पारखिहरुको लागि महत्त्वपूर्ण रंगशाला हुने अपेक्षा गरिएको थियो । तर रंगशाला निर्माण कछुवाको गतिमा जादै गर्दा केन्द्रिय सरकारबाट पर्याप्त बजेट निकासा नहुँदा चितवनको खेल जगतमा निरासा छाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>