अन्तर्राष्ट्रिय

एक भवनमा आगलागी हुँदा ६ जनाको मृत्यु

Banner

बेइजिङ,फागुन ४-

पूर्वी चीनको जियाङ्सु प्रान्तमा बिहीबार बिहान एक भवनमा आगलागी हुँदा छ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।

उक्त घटनामा अन्य २८ जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन् । सुझोउ शहरको सियाङचेङ जिल्लाको वेइटाङ बजारमा बिहान ६ः ०७ बजे भएको आगलागी करिब एक घण्टापछि नियन्त्रणमा लिइएको थियो ।आगलागीका कारण भएका घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ । घाइतेमध्ये दुई जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको उपचारमा सम्लग्न चिकित्सकले जनाएका छन् । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>