समाज

ल्होत्से मलबाट लुटिएको मोबाइलसहित प्रहरीले ४ जना पक्राउ

Banner

काठमाडौं,फागुन २-

गोंगबुको नयाँ बसपार्कस्थित ल्होत्से मलको भूईंतलामा रहेका दुइटा पसलबाट लुटिएको मोबाइलसहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । ल्होत्से मलमा सोमबार साँझ प्रदर्शनकारीले ८ करोड रुपैयाँ बराबरको मोबाइल लुटेको दाबी सञ्चालकले गरेका छन् ।

यातायात मजदुरको प्रदर्शनको क्रममा नयाँ बसपार्कस्थित ल्होत्से मलमा एउटै व्यक्तिको नाममा रहेका दुइटा पसलभित्र छिरेर मोबाइललगायत इलेक्ट्रिक सामान लुटपाट भएको भिडियो सामाजिक सञ्जालमा समेत भाइरल भएको थियो ।

अँध्यारो भएपछि प्रदर्शनकारीको हुल मलभित्र छिरेको थियो । नयाँ बसपार्कमा यातायात मजदुरले विरोधअन्तर्गत सभा गर्न लाग्दा नयाँ बसपार्कका ठेकेदार दीपक कुँवरको समूहले अवरोध गरेपछि झडप भएको थियो । यही विषयलाई लिएर प्रदर्शनकारीहरु उग्र बनेका थिए । त्यसपछि कुँवरकै लिजमा रहेको ल्होत्से मलभित्र प्रदर्शनकारी छिरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>