समाचार

जनयुद्धको विरोध गरेपछि गोरखामा क्याम्पस प्रमुख दुवाडीमाथि हातपात

Banner

 गोरखा, फागुन २-

गोरखाको लक्ष्मीबजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पसका प्रमुख रामचन्द्र दुवाडीमाथि हातपात भएको छ । जनयुद्धको सन्दर्भमा दवाडीले सामाजिक सञ्जालमा पोष्ट गरेको अभिव्यक्तिलाई लिएर अनेरास्ववियू (क्रान्तिकारी) क्याम्पस इकाइका विद्यार्थीहरुले मंगलबार बिहान उनीमाथि हातपात गरेका हुन् ।

इकाइ अध्यक्ष अनिष अर्याल नेतृत्वमा आएका केही युवाहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा रहेको टेबलसमेत तोडफोड गरेका छन् । ‘म एउटा द्वन्द्व पीडित, मैले सामाजिक संजालमा क्याम्पस प्रमुखको हिसाबले भन्दा पनि आफ्नो निजी विचार राखेको थिए,’ दुवाडीले भने, ‘त्यही विषयलाई लिएर उनीहरुले म माथि आक्रमण गरे ।’

इकाइ अध्यक्ष अर्यालसँग आएका अन्य युवा भने क्याम्पसका विद्यार्थी नभएको उनको दाबी छ ।

दुवाडीले सामाजिक सञ्जालमा पोष्ट गरेको अभिव्यक्तिको विरोधमा अनेरास्ववियू (क्रान्तिकारी) क्याम्पस इकाइले सोमबार राति विज्ञप्तिसमेत जारी गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>