कृषि

हिउँदे पानी नपर्दा खाद्यान्नबाली प्रभावित

Banner

रसुवा, फागुन २–

उत्तरी रसुवाको हिमाली क्षेत्रमा हिमपात र दक्षिणी भेगमा वर्षा नहुँदा हिउँदे खाद्यान्नबाली प्रभावित भएको छ। असोजयता हालसम्म पानी तथा हिउँ नपर्दा हिमाली क्षेत्रमा लगाइएका गहुँ तथा करूजस्ता हिउँदेबालीको बोट भुइँमा विलिन हुन थालेका छन्।

उच्च हिमाली पाखामा चार–पाँच फिटसम्म हिउँले पहाड छोप्ने गर्थ्यो भने यस वर्ष अहिलेसम्म गोसाइँकुण्डलगायत स्थानमा हिमपात नभएको किसानले बताए। जिल्लामा नौ हजार हेक्टरभन्दा बढी हिमशृङ्खलाको पहाड छन्। डिभिजन वन प्रमुख अनिल रेग्मीले हिमपात तथा वर्षा नहुँदा वन वनस्पतिलाई चाहिने चिसोपन हट्नुका साथै वन्यजन्तुलाई जंगललका बीच भागमा खानेपानीको समस्या पर्ने सम्भावना बढेको बताए।

हिउँदे वर्षाको कमीले ठाउँ–ठाउँका खोल्सा सुक्न थालेपछि हिमाली वन्यजन्तुका लागि पानीको व्यवस्थापन गर्न लाङ्टाङ राष्ट्रिय निकुञ्जसंग मिलेर जङ्गलका बीच भागमा पोखरी बनाउने कार्यक्रम अगाडि बढाएको जानकारी उनले दिए।

समुद्र सतहबाट एक हजार सात सय मिटर क्षेत्रसम्म पर्ने हिउँ अहिले क्रमिकरूपले हिमरेखामाथि सर्दै गएको र यस वर्षमा हिमपात नहुँदा लाङ्टाङ्को चुचुरोसमेत कालो देखिँदै गएको स्थानीय बासिन्दाले जनाएका छन् ।

अल्टिच्युट एयरका वरिष्ठ चालक विवेक खड्काले गोसाइँकुण्डभन्दा माथिका डाँडामा समेत हिउँ नभएको र गत वर्षजस्तो गोसाइँकुण्ड दहमा पानी नजमेको जानकारी दिए। ‘कुण्डमा स्नानका लागि कुनै समस्या छैन’, उनले भने।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>