Breaking News

भरतपुरमा लघुवित्तविरुद्ध प्रदर्शन, आत्महत्या गर्न प्रेरित गरेको भन्दै ऋण मिनाहाको माग

Banner

चितवन, फागुन १-

लघुवित्तीय संस्था विरुद्धको संघर्ष समितिले लघुवित्तीय संस्थाहरु खारेज गर्दै सबैको ऋण मिनाहा गर्न माग गरेका छन् ।

चितवनसहित विभिन्न जिल्लाबाट आएका लघुवित्तीय संस्थाबाट पीडा पाएका नागरिकहरुले आज नारायणगढको पुलचोकमा प्रदर्शन गर्दै सो माग गरेका हुन् ।

प्रदर्शनमा संघर्ष समितिले पाँच बुँदे माग राख्दै लघुवित्तीय संस्थाले नाफा मात्र हेर्ने गरेको भन्दै कम्पनी ऐनमा दर्ता गरी परिचालन गर्ने नीति बनाउुन त्रुटिपूर्ण भएको बताएका हुन् । प्रदर्शनमा मानिस किस्ता असुली गर्दा दुई दिन पनि पर्खन नसकेर सदस्यहरुको सामाजिक बदनाम गरेको भन्दै आत्महत्या गर्न प्रेरित गरिएको लघुवित्तीय संस्थालाई आरोप लगाएका छन् ।

मनिराम ज्ञवालीको अध्यक्षतामा गठन भएको संघर्ष समितिले बचतकर्ता सदस्यहरुको बचत हिसाबको हिसाबकिताब नदिएको भन्दै पासबुकहरु शाखा कार्यालयमा राखेर हिसाबकिताब गोलमाल गरिएको आरोप लगाएको छ । संघर्ष समितिले भनेको छ, ‘अनुत्पादनक क्षेत्रमा लगानी गरेकोले सदस्यहरुलाई ऋणको भारी बोकाएको छ । किस्ता असुलीका नाममा सदस्यहरुको घरमा ताला लगाउनु, विस्थापित हुन बाध्य पारेको छ ।’ संघर्ष समितिले गरिब किसानहरुलाई निःशुल्क ऋणको माग गर्दै देशमा समाजवादी अर्थतन्त्रको विकास गर्न माग पनि गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>