चितवन विशेष

नारायणगढको भृकुटी बोर्डिङ स्कुल बेस अन्तर्गत गत वर्षको एसईईमा पहिलो स्थानमा

Banner

चितवन, माघ २९-

भरतपुर इग्लिस स्कुल सोसाइटी (बेस) मा आवद्ध विद्यालयहरु मध्ये गत वर्षको एसएलसीमा नारायणगढको भृकुटी बोर्डिङ स्कुल सर्वाेत्कृष्ट भएको छ ।

जिल्ला शिक्षा विकास समन्वय इकाईले सार्वजनिक गरेको तथ्यांकमा सो बोर्डिङ पहिलो भएको हो ।

इकाइको मूल्यांकनमा भृकुटीले २०७८ को एसईईमा ३.१६ जीपीए ल्याएको छ । त्यसैगरी चितवन जिल्लाभित्रबाट भने सो बोर्डिङ तेस्रो स्थानमा रहेको छ । जिल्लाभरमा सनराइज स्कुल ३.२७ जीपीए ल्याएर पहिलो, लिटिल फ्लावर स्कुलले ३.२३ जीपीए ल्याएर दोस्रो स्थानमा रहेका छन् । सनराइज र लिटिल फ्लावर बेसमा आवद्ध रहेका छैनन् । भरतपुर इग्लिस स्कुल सोसाइटीमा ४३ वटा निजी स्कुलहरु रहेका छन् ।

भृकुटी बोर्डिङ स्कुलका सहायक प्राचार्य होमनाथ न्यौपानेले विद्यालयको चुस्त र गुणस्तरीय व्यवस्थापनले गर्दा नै विद्यालय गत वर्षको एसईईमा सफल भएको नारायणी अनलाइनलाई बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>