चितवन विशेष

काम नभएपछि नारायणगढ–मुग्लिन सडक मर्मतको ठेक्का तोडियो, नयाँ कम्पनीले काम गर्दै

०
Banner

चितवन, माघ २९–

पटक\पटक म्याद थप गर्दा पनि काममा प्रगति नदेखिएपछि नारायणगढ–मुग्लिन सडक मर्मतको जिम्मा पाएको लोहनी एण्ड सन्स कन्सट्रक्सनसँग ठेक्का सम्झौता तोडिएको छ ।

म्याद थप गरे पनि ठेकेदारले काम बेवारिसे बनाएपछि ठेक्का सम्झौता तोडिएको सडक विभागले जनाएको हो ।

अहिले सो काम लिपी कालिका कम्पनीले सुरु गरेको छ । लोहनी एण्ड सन्स कन्स्ट्रक्सनसँग गतवर्ष वैशाख १४ गते नारायणगढ–मुग्लिन सडकमा मर्मत र पर्खाल बनाउने ठेक्का पाएको थियो । तर कम्पनीले असारसम्म काम सक्ने अवधि भए पनि कुनै काम नै गरेको थिएन । अझै पनि केही ठेक्कामा प्रगति नदेखिएपछि तोड्ने प्रक्रियामा लगिएको सडक विभागले जनाएको छ ।

लामो समयदेखि काम हुन नसकेका र रुग्ण भई काममा प्रगति नदेखिएका ठेक्काहरु तोडिएको सडक डिभिजन कार्यालय भरतपुरका डिभिजन प्रमुख रमेशप्रसाद पौडेलले बताए । उनले भने, ‘ लोहनी एण्ड सन्स कन्सट्रक्सन कम्पनीले पर्खाल र बिग्रिएको पिच मर्मतको लागि उसलाई ठेक्का दिइएको थियो । म्याद छँदै ठेक्का तोडिएको हो । ठेक्का तोडिएपछि यो काम लिपी कालिका कम्पनीले सुरु गरेको छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>