Breaking News
चितवनका एमाले नेता ईन्द्रजित भन्छन्: म एमाले मै छु, माओवादी केन्द्रमा नाम जोडिनु भ्रममात्र

चितवन, माघ २६-
नेकपा एमाले चितवनका नेता यमबहादुर परियार ‘ईन्द्रजित’ ले आफू एमालेमा नै रहेको बताएका छन् ।
उनले आज एक विज्ञप्ति प्रेषित गर्दै नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमालेमा समाहित भएको आफ्नो नाम माओवादी केन्द्रसँग जोडेर विभिन्न सञ्चारमाध्यममा आएको भ्रमपूर्ण समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हुन् ।
उनले विज्ञप्तिमा भनेका छन्, ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा नेकपा (एमाले)बाट नै पूरा हुने विश्वासका साथ २०७९ भदौ ३० गते पार्टीका श्रद्धेय अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री कमरेड केपी शर्मा ओलीको उपस्थितिमा नेकपा एमालेमा समाहित भई आफ्नो कार्यक्षेत्रमा निरन्तर क्रियाशिल रहेको अवस्थामा नेकपा माओवादी केन्द्रले केन्द्रीय सदस्यको रुपमा मेरो नाम पनि त्यस पार्टीमा जोड्नु त्रृटि र भ्रमपूर्ण रहेको मेरो ठहर छ । त्यस्तो असत्य समाचारप्रति विश्वास नगर्न सम्पूर्णमा आग्रह गर्दै आफू नेकपा (एमाले)मा नै निरन्तर क्रियाशिल रहेको जानकारी गराउँछु । साथै उक्त भ्रमपूर्ण समाचारको खण्डन गर्न चाहन्छु ।’



























