चितवन विशेष

चितवनको रत्ननगर अस्पतालसहित बागमती प्रदेशका सात अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

Banner

चितवन, माघ २५–

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले चितवनको रत्ननगर अस्पतालसहित प्रदेशभित्रका सात वटा प्रादेशिक अस्पतालहरुलाई एम्बुलेन्स उपलब्ध गराएको छ ।

मन्त्रालयले भक्तपुर अस्पताल, बज्रबाराही चापागाउँ अस्पताल, टोखा चण्डेश्वरी अस्पताल, पशुपति चौलागाईँ स्मृति अस्पताल दोलखा, मेथिनकोट अस्पताल काभ्रे र रामेछाप अस्पताललाई ‘ख’ वर्गको एम्बुलेन्स उपलब्ध गराएको हो ।

उक्त एम्बुलेन्स खरिद गर्न ५२ लाख ९० हजार रुपैयाँ लागत लागेको स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रका प्रमुख अर्जुनप्रसाद सापकोटाले जानकारी दिए । गएको वर्ष मन्त्रालयले ५ वटा प्रादेशिक अस्पताललाई एम्बुलेन्स उपलब्ध गराएको थियो ।

एम्बुलेन्स हस्तान्तरण गर्दै प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले सिमान्तकृत, लोपोन्मुखलगायतका स्वास्थ्यको पहुँचमा नपुगेका नागरिकलाई स्वास्थ्य बिमा मार्फत सबैलाई स्वास्थ्यको पहुँचमा ल्याइने बताए । प्रदेश सरकार स्वास्थ्य अनुसन्धान परिषद् र प्रतिष्ठान गठन गर्ने तयारीमा रहेको उनले बताए । निःशुल्क प्रदान गरिने औषधि अभाव हुन नदिने तथा सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकार गम्भीर रहेको पनि उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>