Breaking News

पश्चिम चितवनमा विद्युत् आपूर्ति भरपर्दाे बनाउन सबस्टेसन बनाइँदै, जग्गा अधिग्रहण सुरु

Banner

चितवन, माघ २५-

नेपाल विद्युत प्राधिकरणले चितवनमा १३२ केभी सबस्टेसन निर्माण गर्ने भएको छ । त्यसका लागि जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाएको छ ।

सबस्टेसनका लागि प्राधिकरणले भरतपुर–२६ र आसपासको क्षेत्रमा ४ बिघा जग्गा अधिग्रहण गर्ने भएको छ । सबस्टेसन निर्माणका लागि प्रस्तावित क्षेत्र नापजाँच भइसकेको छ ।

त्यहाँको जग्गा २१ जनाको नाममा छ । जिल्ला प्रशासन कार्यालय चितवनले बुधबार सूचना प्रकाशित गर्दै सम्बद्ध जग्गाधनीलाई २१ दिनभित्र मुआब्जा दाबीसहित रितपूर्वक निवेदन दिन आग्रह गरेको छ । तोकिएको म्यादभित्र निवेदन नदिइ म्याद गुजारेको खण्डमा कानुन बमोजिम हुने उल्लेख छ।

चितवनको दक्षिण–पश्चिम क्षेत्रको विद्युत आपूर्ति प्रणालीलाइ पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन धौवादी–मेघौली १३२ केभी प्रसारणलाइन अन्तर्गत सबस्टेसन निर्माण गर्न लागिएको हो।

गत मंसिर २० गतेको मन्त्रिपरिषद् बैठकले सबस्टेसन निर्माणका लागि प्राधिकरणलाई स्वीकृति दिइसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>