देश/प्रदेश

आगामी वैशाखबाट चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको सेवा–सुविधा थप हुने

Banner

काठमाडौँ, माघ २५-

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीको सेवासुविधाका लागि छुट्टै कार्यविधि बनाउने भएको छ । मन्त्रालयले तयार पारेको कार्ययोजना चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीको थप सेवासुविधाका लागि छुट्टै कार्यविधि बनाउने लागेको हो ।

मन्त्रालयले तयार पारेको न्युतम साझा कार्यक्रमको एकीकृत कार्ययोजनामा सो कार्यविधि बनाएर अर्थ मन्त्रालयमा पेश गर्ने र २०८० वैशाखबाट कार्यविधि लागु हुने उल्लेख छ ।

न्यूनतम साझा कार्यक्रममा चिकित्सक, नर्सलाई सरकारी सेवामा आकर्षित गर्न विद्यमान सेवा सुविधा पुनरावलोकन गर्ने र साप्ताहिक ४० घण्टाभन्दा बढी अवधि सेवा गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई अतिरिक्त सुविधा प्रदान गर्ने कार्यक्रममा उल्लेख छ । चिकित्सक तथा स्वास्थ्यकर्मीको सेपा सुविधामा पुनरावलोकन गरी थप सेवा सुविधाको व्यस्था गर्न अर्थ मन्त्रालयमा प्रस्ताव पेश गर्ने उल्लेख छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>