चितवन विशेष

भरतपुरको प्रहरी विद्यालयमा दुई छात्राबासको शिलान्यास

Banner

चितवन, माघ २४-

भरतपुर महानगरपालिका–१४ शान्तिपुरमा रहेको प्रहरी विद्यालयमा दुईवटा छात्राबासको शिलान्यास गरिएको छ ।

विद्यालयको चौथो वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले आज सो छात्राबासको शिलान्यास गरेकी हुन् ।

करिब २ बिघा क्षेत्रफलमा फैलिएको विद्यालयले कक्षा ८ सम्म अध्यापन गराइरहेको छ भने विद्यालयमा ४४२ जना विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् । भतपुरको प्रहरी स्कुलसहित देशभर ९ वटा प्रहरी विद्यालय रहेका छन् ।

भरतपुर महानगरपालिकी मेयर दाहालले शिक्षा क्षेत्रमा भरतपुरले राम्रै फड्को मारेको दाबी गरेकी छन् । उनले अध्ययनकै लागि काठमाडौँ जाने परिपाटी लगभग अन्तत्य हुन लागेको उल्लेख गरिन् ।

भरतपुर महानगरपालिका विगत ५ वर्षमा सामुदायिक विद्यालयमा ८ हजार विद्यार्थी थप गर्न सफल भएको भन्दै मेयर दाहालले यो क्रम बढ्दै जाने पनि प्रष्ट पारिन् । पाँच वर्षअघि भरतपुरको सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दो क्रममा थियो भने अहिले वृद्धि हुँदै जानु भरतपुरका लागि सुखद विषय भएको उनले बताइन् ।

भरतपुरले सन्तुलित विकासको मोडल अनुसार शिक्षा क्षेत्रको विकासका लागि विभिन्न शैक्षिक सुधारको कार्यक्रमलाई निरन्तरता दिदै आईरहेको मेयर दाहालले बताइन् । ‘प्रहरी स्कुलमा आर्कषण बढ्दो छ ।’ , उनले भनिन्, ‘सुरुवातमा भरतपुरका मात्र पढ्नु हुन्थ्यो । अहिले जिल्लाभरकै पढ्नु हुन्छ । अब छिमेकी जिल्लाबाट पनि आउने क्रम सुरु हुन्छ । यो भरतपुर शिक्षाको हब हो भन्ने प्रमाण हो ।’

भरतपुरमा दुई ठूला मेडिकल कलेज, रामपुर कृषि क्याम्पस, त्रिभुवन विश्वविद्यालयको आंगिक ईन्जिनियरिङ क्याम्पस लयागतका शैक्षिक संस्थाले भरतपुर थप गरिमा बढाएको मेयर दाहालको भनाइ थियो । प्रहरी विद्यालयको विकासमा महानगरपालिका सधै सकारात्मक रहेको उनले विचार राखिन् ।

कार्यक्रममा बागमती प्रदेशका प्रहरी प्रमुख एवम् विद्यालयका संरक्षक दिपक थापाले विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि तीन तहकै सरकार र प्रहरी प्रधान कार्यालयसँग समवन्य अगाडि बढाउने बताए । यस्तै कार्यक्रममा विद्यालयका प्रधानध्यापक मुकुन्द गिरीले विद्यालयले विद्यार्थीको उच्च आत्मबल, सिर्जनशिल र प्रायोगात्मक शिक्षालाई जोड दिने गरेको उल्लेख गरिन् । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रहरी वरिष्ठ उपरीक्षक चन्द्र कुबेर खापुङको अध्यक्षतामा भएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>