चितवन विशेष
चितवन जिल्ला खो–खो संघ गठन, अध्यक्षमा डिलुकुमारी नेपाल
०

चितवन माघ २४ –
डिलकुमारी नेपालको अध्यक्षतामा चितवन जिल्ला खो–खो संघ गठन भएको छ ।
चितवन जिल्ला खेलकुद विकास समिति र केन्द्रीय खो–खो संघका प्रतिनिधि क्यामुदिन मन्सुरको रोबरमा संघ गठन भएको हो ।
१३ सदस्य कमिटीको उपाध्यक्षमा कुमबहादुर गुरुङ, सचिवमा सावित्री पौडेल, सह–सचिवमा राकेश गुप्ता, कोषाध्यक्षमा शंकर श्रेष्ठ चयन भएका छन् ।
सदस्यहरुमा राजन अधिकारी, कुशलराज भण्डारी, कमलराज खनाल, धनबहादुर लामा, भरत खाती, विवेक चापागाई, मन्जु नेपाली, जिना तमाङ रहेका छन् । चितवन जिल्ला खेलकुद विकास समिति सदस्य कल्पना पौडेलले कार्यसमिति प्रति बधाई तथा शुभकामना व्यक्त गरिन् ।
कार्यक्रममा न्यु होराइजन बोडिङ ईस्कुलका शैक्षिक निर्देशक बसन्त रानाभाट, केन्द्रीय खो–खो संघका सल्लाहकार समिति सदस्य राजेन्द्र गिरीलगायतको उपस्थिति रहेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























