Breaking News

रास्वपा सभापति रवि लामिछानेले आज विशेष पत्रकार सम्मेलन गर्दै

Banner

काठमाडौँ, माघ २२–

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज काठमाडौँमा विशेष पत्रकार सम्मेलन गर्ने भएका छन् ।
पछिल्लो राजनीतिक अवस्थाको बारेमा लामिछानेले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्–‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै पार्टी कार्यालय बाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु। म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्। मैले सिधाकुरा नगरेको धेरै भएछ।’
रास्वपाको बैठक आज दिउँसो साढे ११ बजे बोलाइएको छ ।
चितवन–२ बाट निर्वाचित लामिछानेले नागरिकता विवादमा दोषी ठहर भएपछि उक्त पद गुमाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>