Breaking News
चितवनका किसानले सडकमा तरकारी फालेको समाचार देखेपछि प्रधानमन्त्रीको ध्यानाकर्षण

चितवन, माघ २१-
स्वदेशी उत्पादनले बजार र मुल्य नपाएको भन्दै चितवनका किसानले सडकमा तरकारी फालेको समाचारहरूप्रति प्रधानमन्त्री पुष्पकमल दाहालले ध्यानाकर्षण गरेका छन् ।
प्रधानमन्त्री दाहालले कृषि तथा पशुपन्छी मन्त्रालयको ध्यानाकर्षण गराउँदै किसानका माग सम्बोधनको आवश्यक पहल लिन निर्देशन दिएका हुन् ।
चिवतनमै रहेकाकृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहलाई प्रधानमन्त्रीले सरोकारवाला किसानहरूसँग छलफल गरी त्यसको जानकारी आफूलाई गराउन निर्देशनसमेत दिए ।
प्रधानमन्त्रीको निर्देशनपछि मन्त्री साहले आफूले सरोकारवाला किसानहरूसँग छलफल गरी समस्या समाधानमा आवश्यक पहल लिने र थप नीतिगत सहयोग आवश्यक परेमा प्रधानमन्त्रीलाई आग्रह गर्ने बताइन् ।
हिजो (शुक्रबार) नारायणगढको सडकमा छ वटा ट्याक्टरमा ल्याएका टमाटर, काउली, बन्दा, फर्सि मेवा, केराउ लगायतका तरकारीफालेर आन्दोलन गरेका थिए ।



























