अपराध

ह्वाट्स एपमा ‘नेपाली गर्ल’ क्लिक गर्दा २० जनाले गुमाए ५१ लाख

Banner

काठमाडौं, माघ २१–

‘के तपाई सेक्स पार्टनर खोज्नु भइरहेको छ, अब ढुक्क बस्नु’ ह्वाट्स एपमा आउने यस्तो म्यासेजमा थप भनिएको हुन्थ्यो,‘नेपाली गर्ल एप इन्स्टल गर्नुस् र सेक्स पार्टनर खोज्नुहोस् ।’

अपरिचित नम्बरहरूबाट आउने त्यस्तो म्यासेज पत्याएर ‘नेपाली गर्ल’ क्लिक गर्दा ह्वाट्स एप प्रयोगकर्ताहरूले करिब ५१ लाख गुमाएका छन् । अपरिचित नम्बरमा नेपाली गर्ल एप्स मार्फत कुरा गरेर मोबाइलको डेटा क्याप्चर गर्ने समूहलाई जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेर सार्वजनिक गरेको छ ।

एप्स इन्स्टल गरेपछि प्रयोगकर्ताको मोबाइलमा ह्याकरले अनधिकृत पहुँच बनाएर डेटा चोरी गर्ने गरेको भेटिएको ललितपुरका एसएसपी सिद्धिविक्रम शाहले बताए । एसएसपी शाह भन्छन्,‘अहिलेसम्म २० जनाको बैंक तथा वालेटहरुमा पहुँच बनाएर ५१ लाख चोरेको भेटिएको छ ।’

मंसिर २५ मा साँझ ललितपुरको सातदोबाटोमा बस्ने राम ढकाल (परिवर्तित नाम)को एनआईसी एसिया बैंकको खाताबाट रकम ट्रान्सफर भयो । रकम घट्ने क्रम मध्यरात १ बजेसम्म रोकिएन । उनी प्रहरीकहाँ गए । ढकालको बैंक खाताबाट ४ लाख रुपैयाँ विभिन्न व्यक्तिहरूको नाममा रहेको ई–सेवा र खल्तीमा ट्रान्सफर भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

ढकालले गुमाएको ४ लाख खोज्दै जाँदा प्रहरी मुख्य गिरोहसम्म पुग्न सफल भएको छ ।

योजनाकार राजु पटेल

चोरीको मुख्य योजनाकार पर्साको वीरगन्ज महानगरपालिका–२५ घर भएका २८ वर्षीय राज प्रसाद पटेल हुन् । उनलाई वीरगन्ज घर भएका आइटीका जानकार दुईजना युवकले सहयोग गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

वीरगन्जका २० वर्षीय साहिल परबेज र १९ वर्षीय शिवशंकर राउतले ‘नेपाली गर्ल’ नामको एप बनाएका हुन् । सूचना प्रविधि विभागको जिम्मा साहिल परवेज र शिव शंकर राउतले लिएको अनुसन्धानबाट थाहा भएको छ । उनीहरू दुवैले १२ कक्षा पढेका छन् ।

राम ढकालले गुमाएको पैसाबारे अनुसन्धान गर्दै जाँदा प्रहरी पर्साको विन्दबासिनी घर भएर मकवानपुर बस्ने ३३ वर्षीय नगेन्द्र शाह कानु सम्म पुग्यो । नगेन्द्र पत्नीसँग मकवानपुरमा बस्छन् । पत्नीले टेलर चलाउँछिन् ।

ढकालको खाताबाट चोरी भएको पैसा नगेन्द्रले निकालेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । एसएसपी शाहका अनुसार नगेन्द्रले मकवानपुरमा विभिन्न व्यक्तिहरूको एटिएम कार्ड मागेर कमिसनमा पैसा निकाल्ने गरेका थिए । पैसा निकालेबापत उनले ४ हजार कमिसन लिने गरेको अनुसन्धानबाट थाहा भएको छ ।

नगेन्द्रको बयानका आधारमा अरू ६ जना पक्राउ परेका हुन् । नगेन्द्रको पत्नी २७ वर्षीया रविना चौधरी पनि पक्राउ परेकी छन् । रविनाको बैंक खातामा पनि चोरीको रकम ट्रान्सफर भएको अनुसन्धानबाट थाहा भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>