चितवन विशेष

‘जे बोल्छौ, त्यो गर्छौ’-मेयर रेनु दाहाल

Banner

चितवन,माघ २०-

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ‘जे बोल्छौ, त्यो गर्छौ’भन्ने कुरा भरतपुरमा स्थापित भइसकेको बताउनु भएको छ । भरतपुर–६ पारसनगरमा रहेको सहिद स्मृति माध्यमिक विद्यालयको ५५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहलाई सम्बोधन गर्दै मेयर दाहालले भरतपुरको विकासमा गरेका प्रतिवद्धता अनुसार कामहरु सम्पन्न हुँदै गएको उल्लेख गर्नुभयो ।
मेयर दाहालले विगत ५ वर्षमा जनतासँग गरेका बाचा अनुसार भरतपुरको शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि लगायतको काम अगाडि बढेर धेरै सम्पन्न भईसेकेका छन् भने बाँकी सम्पन्न हुने चरणमा रहेको जानकारी दिनुभयो । मेयर दाहालले विगत ५ वर्षमा भरतपुरका सामुदायिक विद्यालयमा ८ हजार जना विद्यार्थी थप भएको भन्दै सामुदायिक विद्यालयलाई आर्कषणको केन्द्र बनाउन सफल भएको जिकिर गर्नुभयो ।

उहाँले मध्यामिक तहसम्म स्थानीय तहको दायित्व भएकाले यसको चौतर्फी विकासमा महानगरपालिका सधैव अग्रसर रहेको बताउनुभयो । सहिद स्मृति मध्यामिक विद्यालयको बारेमा बोल्दै मेयर दाहालले जिल्लामा चौथो र भरतपुरमा तेस्रो स्थान हासिल हुनु विद्यालयको शैक्षिक गुणस्तर पूर्ण रुपमा उकृष्ट छ भन्ने प्रमाण पेश गरेको पनि बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>